५ लाख घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्षसहित दुई जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

५ लाख घुस लिएको अभियोगमा वन उपभोक्ता समितिका अध्यक्षसहित दुई जना पक्राउ


२९ बैशाख २०७६, आइतबार


घुससहित रंगेहात पक्राउ

बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामीडाँडा सामुदायिक वन उपभोक्ता समिति बाँकेका वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषाध्यक्ष दीपक खुनालाई रु ५ लाख घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई राप्तीसोनारी गाउँपालिका–१ बैरियाबाट पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस