समसामयिक वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समसामयिक वस्तुगत प्रश्नोत्तर


२५ बैशाख २०७६, बुधबार


समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

१. सरकारले बालुवाटारस्थित देशभर अतिक्रमित सरकारी जग्गाबारे छानबिन गर्न सर्बोच्च अदालतका पूर्व न्यायाधीश मोहनमणि भट्टराईको अध्यक्षतामा आयोग गठन कहिले गरेको हो ?
– वि.स. २०७६ वैशाख   २३ ।

२. नेपालमा राष्ट्रिय परिचयपत्र वितरणको कार्यक्रम कहिले शुरु गरिएको हो ?
– वि.स. २०७५ मंसिर ३ ।

३. प्राथमिक तहमा खस भाषाको पढाइ सुरुवात गर्ने स्थानीय तह कुन् हो ?
– जुम्लाको तातोपानी गाउँपालिका (अतिरिक्त विषयका रुपमा)

४. केन्द्रीय तथ्याङ्क विभागले वि.स. २०७६ वैशाख १३ मा सार्वजनिक गरेको विवरणअनुसार आ २०७५ ७६ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?
– ६ दशमलव ८१ प्रतिशत

५. आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा कहिले प्रस्तुत गरियो ?
– वि.स. २०७६ वैशाख २० (नीति तथा कार्यक्रम वैशाख २४ गते संसदद्वारा पारित भयो ।)

६. वि.सं २०७६ वैशाख २१ म सम्पन्न सातौँ मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि जित्ने प्रतियोगी को हुन् ?
– ग्यालेकसी फिटनेस, झापाका उमेश राई ।

७. नेपाल प्रहरीको पहिलो फर्म्ड पुलिस युनिट (एफपीयु) मिसन कहिले बन्द भएको हो ?
– वि.स. २०७६ वैशाख १७ (सन् २१९ अप्रिल ३०)

८. नेपालमा स्वास्थ्य बीमा कार्यक्रम कहिलेबाट सुरु गरिएको हो ?
–वि.स. २०७२ चैत २५ ।

९. अखिल नेपाल फूटबल संघ (एन्फा) द्वारा एन्फा दिवस कहिले मनाइयो ?
–वि.स. २०७६ वैशाख २२ ।

१०. ‘पुतली घर’ नामक कृतिका सर्जक को हुन् ?
– पुष्पा बस्नेत

११. आइकाओको सुरक्षा सूचीबाट नेपाल कहिले हट्न सफल भएको हो ?
– वि.स. २०७४ साउन ६ (सन् २०१७ जुलाई २१)

१२. चीनका राष्ट्रपति सी जिन पिङले वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणा कहिले प्रस्तुत गर्नुभएको हो ?
– सन् २०१३ (नेपालले वि.स. २०७४ वैशाख २५ मा ओवीओआरमा हस्ताक्षर गर्ने र्निाय गरेको । सो अनुरुप २०७४ वैशाख २९ मा नेपालका तर्फबाट हस्ताक्षर भएको ।)

१३. ‘किरोबो’ भनेको के हो ?
– अन्तरिक्षबाट बोलेर सूचना दिने पलिो रोबोट (यस रोबोटले पहिलो पल्ट सन् २०१३ अगस्ट २१ म बोलेर सूचना प्रदान गरेको थियो ।)

१४. अमेरिकाद्वारा हालसम्मकै शक्तिशाली गैरपरमाणु बम कहिले खसालिएको हो ?
– सन् २०१७ अप्रिल १३ (९ मिटर लामो तथा नौ हजार ८०० केजी तौलयुक्त सो बम अफगानिस्तानको नागरहार राज्यमा खसालिएको । सो बमको नाम ‘मदर अफ अल बम्स’ राखिएको थियो ।

१५. नेपाल र चीनबीच यातायाता तथा पारवहन सम्झौताको प्रोटोकलमा कहिले हस्ताक्षर भएको हो ?
– सन् २०१९ अप्रिल २९ । (नेपाल र चीनबीच सन् २०१६ मा भएको पारवहन सम्झौताको प्रोटोकलमा विसं २०७५ भाद्र २२ मा सहमति जुटेको थियो तर हस्ताक्षर भएको थिएन ।)

१६. जापानी सम्राट अकिहितोले राजगद्दी त्याग कहिले गर्नुभयो ?
– सन् २०१९ अप्रिल ३० ।

१७. उत्तर कोरियाले हालै छोटो दूरीको क्षेप्यास्त्र परीक्षण कहिले गर्यो ?
– सन् २०१९ मे ४

१८. विश्व सम्पदाभित्र पर्ने हिमखण्डका विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरुले हालै प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वको तापमान वृद्धिको दर यथावत रहेको कहिलेसम्ममा आधा हेरिटेज ग्लेसियर पग्लेर गायब हुने छ ?
– सन् २१०० ।

१९. नेपालबाट शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा नेपाल र ओमनबीच नयाँ श्रम सम्झौता गर्ने सहमति कहिले भएको हो ?
– सन् २०१९ मे ५ ।

२०. विश्व हाँसो दिवस कहिले मनाइन्छ ?
– मे ५ (सन् १९९८ मा मनाउन सुरु गरिएको ।)


गोरखापत्र

Tags :
प्रतिक्रिया दिनुहोस