तीन लाख घुससहित उच्च अदालतका टाइपिष्ट नासु पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तीन लाख घुससहित उच्च अदालतका टाइपिष्ट नासु पक्राउ


प्रशासन विशेष ब्युरो

२१ बैशाख २०७६, शनिबार


घुस

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास बाँकेका टाइपिष्ट नायव सुब्बालाई तीन लाख घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले टा नासु कृष्ण कुमार पाठकलाई चारवाहीनी चोक नेपालगन्ज बाँकेस्थित लयर्स च्याम्बरबाट नियन्त्रणमा लिएको हो ।

पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजिकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा खटिएको टोलीले पाठकलाई पक्राउ गरिएको कार्यालय प्रमुख गणेश गैरेले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस