थाप्लोमा घाँसको भारी खोकीलामा मलाई राखी पिडामा पनि मेरै सुन्दर भविष्यमा डुबुल्की मारीगरुङ्गो भारी सँगै खुसीको कल्पनाको भारी बोकेर मेरी आमा उकालो उरालो गर्दै जिन्दगी काट्दै थिइन्कतै घामले पोल्छ की पानीले भिजाउँछ की भन्दै मेरै पिरमा दिन रात कलेश काट्दै थिइन्अकस्मात उनको सुन्दर सपना चकनाचुर गराएर उनलाई नै यस पृथ्वीबाट सदाको लागि चुँडेर लान्छ त्यसपछि चुँडिएका मेरो सुन्दर सपना सर्वस्व लुटिएको कैदी झैँगन्तव्यहीन भएर भिरको फुल झैँ सहारा विना हुर्केकी बचेरी म उनकै मायाको मृग तृष्णामा जिन्दगीको गोरेटो कोर्दै छु सधैँ उनै मेरी आमाको सम्झनामा घण्टौँ भित्तामा टाँगिएको उनकै फोटो हेरेर उनैलाई सपनामा देख्ने आशामा आँखा चिम्म गर्दै रात काटेकी हुँ तर वात्सल्यले धोका दिएकी बिचरा मलाई सपनाले पनि निराश पारिदिन्छ बिपनाले पनि त्रास भरी दिन्छ मन मनै माया लाग्दा दुई अक्षरको शब्द आमा आमा आमा सम्झनाले आँखा यसै भरिदिन्छ ।