वर्षेनी सात हजार क्षयरोगीको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

वर्षेनी सात हजार क्षयरोगीको मृत्यु


१७ बैशाख २०७६, मंगलबार


विराटनगर । नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सो संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिए ।

यसरी मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले उपचार गराइरहेका जानकारी दिँदै उहाँले यस्ता रोगीको सङ्ख्या प्रत्येक वर्ष ४० हजारका दरले थप भइरहेको छ भने ।

समयमा उपचार नगराउने, खानपानमा हेलचेक्र्याइँ, जनचेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो । एक क्षयरोगीले उपचार नगराउँदा १५ जनासम्मलाई सार्ने गर्ने सम्भाबना हुन्छ ।

औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाको भनाइ थियो । क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गरिँदै आएको र औषधि अभाव नरहेको जनाइएको छ ।

विराटनगर महानगरपालिकामा गत आर्थिक वर्षमा २५१ क्षयरोगका बिरामी भेटिएका थिए । बजेटको अभाव र सबै जिल्लामा तथा स्वास्थ्य संस्थामा क्षयरोग निवारणसम्बन्धी कार्यक्रम नभएकाले यो रोग नियन्त्रणमा कठिन भएको संयोजक कोइरालाको भनाइ थियो ।रासस

प्रतिक्रिया दिनुहोस