नेपाल र चीनबीच ऐतिहासिक सम्झौता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल र चीनबीच ऐतिहासिक सम्झौता


१७ बैशाख २०७६, मंगलबार


काठमाडौं । नेपाल र चीनबीच ऐतिहासिक सम्झौतामा हस्ताक्षर भएको छ । यातायात तथा परवाहनसम्बन्धी प्रोटोकल लगायतका सातवटा सम्झौतामा हस्ताक्षर भएको हो ।

चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, चिनियाँ यातायात मन्त्री ली सियाओफङले सम्झौताहरूमा हस्ताक्षर गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यातायात तथा पारवाहन प्रोटोकलमा हस्ताक्षरसँगै औपचारिक रूपमा नेपालको समुद्रसँगको सम्पर्क एकतर्फी भारतमा मात्र रहँदै आएकोमा नेपालले चीन तर्फबाट पनि समुद्रसम्म पहुँच कायम भएको छ । सम्झौता अघि बेइजिङमा दुई राष्ट्रपति बीचको औपचारिक भेटवार्ता भएको थियो ।

यसअघि नेपाल र चीनका प्रतिनिधिको गत भदौ २१ गते काठमाडौंमा सम्पन्न बैठकले पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) लाई अन्तिम रुप दिएको थियो ।

नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने गरी उक्त कार्यविधि टुङ्गो लगाइएको थियो । कार्यविधिमा नेपालका तर्फबाट नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजु र चीनका तर्फबाट त्यहाँको यातायात विभागका महानिर्देशक वाङ सुइपिङले प्रारम्भिक हस्ताक्षर गरेका थिए ।

नेपालले अहिलेसम्म मुख्यतः भारतको कोलकातास्थित हल्दिया बन्दरगाह र अर्को विशाखापट्टनम बन्दरगाहको उपयोग गरी तेस्रो देशसम्म वस्तु आयात तथा निर्यात गर्दैआएको छ । यो समाचार आजको गोरखापत्र देनिकमा छ  ।

Tags :
प्रतिक्रिया दिनुहोस