वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वैदेशिक रोजगार विभागद्वारा १० म्यानपावर कम्पनी खारेज


१७ बैशाख २०७६, मंगलबार


वैदेशिक रोजगार विभाग

काठमाडौं । वैदेशिक रोजगार विभागले १० वटा म्यानपावर कम्पनी खारेज गरेको छ।

गत फागुन १५ गतेको निर्णयअनुसार विभागले थप १० वटा म्यानपावर कम्पनी खारेज गरेको हो ।

खारेज भएका कम्पनीहरुमा  इमरेल्ड इन्टरनेशनल कन्सल्टेन्सी, स्टामफोर्ड ब्रिज इन्टरनेशनल सर्भिस प्रा.लि, ध्वनि इन्टरनेशनल प्रा.लि, पथ इन्टरनेशनल इम्प्लाइमेन्ट प्रा.लि, प्रिसाइ इन्टरनेशनल प्रा.लि, इनोभेटि समिर्भसेज प्रा.लि , रि क्रिइशनल इन्टरनेशनल प्रा.लि, प्रशिद्ध ओभरसिज प्रा.लि, वल्र्ड फस्ट जब प्लेसमेन्ट प्रा.लि. र निजम ओभरसिज प्रा.लि छन् ।

नियमविपरीत काम गरेको तथा समयमा नविकरण नगराइएकोले कम्पनी खारेज गरिएको विभागले जनाएको छ ।

यसअघि विभिन्न समयमा १ सय ९७ वटा म्यानपावर कम्पनी खारेजीमा परेका थिए। हाल १४ सयभन्दा बढी म्यानपावर कम्पनीहरु विभागमा दर्ता भएका छन्। जसमध्ये ११ सय हाराहारीमा मात्रै म्यानपावर कम्पनीहरु सञ्चालनमा रहेको बताइन्छ।  सरकारले वर्षमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई समेत खारेज गर्ने प्रावधान ल्याएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस