तलब नपाएका जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

तलब नपाएका जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या


१५ बैशाख २०७६, आइतबार


काठमाडौं । भारतीय विमान सेवा कम्पनी जेट एयरवेजका एक कर्मचारीले आत्महत्या गरेका छन् ।

आर्थिक संकटमा परेर अस्थायीरुपमा बन्द भएको भारतीय विमानसेवा कम्पनी जेट एयरवेजका वरिष्ठ प्राविधिक कर्मचारीले आत्महत्या गरेका हुन् ।

महाराष्ट्र राज्यको पालघर जिल्लामा ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

विगत चार महिनादेखि स्वास्थ्य अवस्था विग्रिएका उनी पेटको क्यान्सरबाट पीडित रहेको जनाइएको छ ।

उनले यस वर्षको मार्च महिनादेखि तलब पाएका थिएनन्।

अस्पतालमा भर्ना भएका उनलाई शुक्रवार घर ल्याइएको थियो। त्यसै दिन दिउँसो चौथो तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस