अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स फाइनलमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स फाइनलमा


१५ बैशाख २०७६, आइतबार


काठमाडौं । नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यू–१७ को अन्तिम चरणमा मा प्रवेश गरेका छन् ।

गए राति सम्पन्न खेलमा प्रिन्सले सेमिफाइनलमा भरतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा पराजित गरेका हुन् । उनले पहिलो सेट २१–९ अङ्कले तथा दोस्रो सेट २१–१३ अङ्कले जितेका थिए । यसअघि प्रिन्सले क्वार्टरफाइनलमा थाइल्याण्डका नाथाप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका थिए ।

नाथाप्पेलाई २१–१३ र २१–१४ अङ्कले जितेका उनले अन्तिम चरणको आजको खेलमा भारतीय खेलाडी गान्धम प्रनव रावसँग खेल्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता छ ।

Tags :
प्रतिक्रिया दिनुहोस