कक्षा १२ को परीक्षा आजदेखि सुरु, सबैभन्दा कम मनाङबाट ५९ जना परीक्षार्थी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कक्षा १२ को परीक्षा आजदेखि सुरु, सबैभन्दा कम मनाङबाट ५९ जना परीक्षार्थी


१५ बैशाख २०७६, आइतबार


परीक्षाफल

काठमाडौै । कक्षा १२ को परीक्षा आजदेखि सुरु भएको छ । परीक्षा आइतबार बिहान ७ बजेदेखि सुरु भएको हो ।

आजबाट सुरु हभएको कक्षा १२ को परीक्षमा चार लाख २८ हजार ५२ गरी परीक्षार्थी सहभागी छन । सबैभन्दा कम मनाङबाट ५९ परीक्षार्थी र सबैभन्दा बढी काठमाडौंबाट ६२ हजार ५८८ परीक्षार्थी सहभागी भएका छन् ।

कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था छ ।

प्रश्नपत्र राखिएको कोठामा २४ घण्टा सीसीटीभीको व्यवस्था गरिएको छ ।

प्रश्नपत्र गल्ती भएमा सबै केन्द्राध्यक्षलाई मोबाइल फोनबाट एकैसाथ तत्काल एसएमएस पठाउने व्यवस्था पनि गरिएको बोर्डले जनाएको छ ।

विद्यार्थीलाई भने परीक्षा केन्द्रमा मोबाइल फोन लैजान प्रतिवन्ध लगाइएको छ भने क्याल्कुलेटरबाहेक इलेक्ट्रोनिक्स साधन पनि लैजान निषेध गरिएको छ ।

कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस