कठै खुला-मञ्च ! « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कठै खुला-मञ्च !


प्रशासन विशेष ब्युरो

१४ बैशाख २०७६, शनिबार


आमा

मेरो चौडा छाती छ र त खुला-मञ्च मेरो हो ,
बेच्ने बेचिने कोही होइन मेरो मर्जी हो !
सत्ता र दरबार त मेरो हो,
हड्डी मात्र होइन, ह्याकुलो मेरो हो !!

धोतीबाट टुप्पी चढेर आदेश मेरो हो,
हटरा हालेर बेच्ने मेरो तागत हो !
चाल पाए निजी मेरो मात्र हो,
बुद्धि विवेकमा फड्को मेरो हो !!

व्यवसाय मेरो धन्दा हो,
जग्गा कित्ताकाट मेरो फर्जी हो !
सुशासन मेरो हल्लुँड हो,
मालपोतमा नक्सा पास मेरो मात्र हो !!

सम्झौता कोरा कागज हो,
मिलेमलो जालसाजी मेरो औकात हो !
उठ-बस पार्न सक्ने मेरो खेल हो,
शक्ति के थाहा मेरो पेवा हो !!

कठै खुलामञ्च तिम्रो विचार हो,
बठै मेरो हैसियत हो !
खुलामञ्च मात्र मेरो हो,
अखबारका पाना मात्र तिम्रो हो !!

रुरु गाउँपालिका-१, गुल्मी प्रदेश नं. ५

प्रतिक्रिया दिनुहोस