९ केजी गाँजा सहित एक पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

९ केजी गाँजा सहित एक पक्राउ


प्रशासन संवाददाता

१३ बैशाख २०७६, शुक्रबार


घुससहित रंगेहात पक्राउ

सर्लाही । लालबन्दी नगरपालिका-१ लखन्देही खोला नजिकबाट सिन्धुली हरिहरपुर गढी गाउँपालिका-७ बस्ने २५ वर्षीय वाङछु थिङलाई करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले शंका लागी जाँच गर्दा थिङले बोकेको झोलाभित्र उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस