बोकाकप आयोजकको पोल्टामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बोकाकप आयोजकको पोल्टामा


१२ बैशाख २०७६, बिहिबार


डोटी । नेपाल जेसिज डोटी शाखाले लोकतन्त्र दिवसको अवसरमा आयोजना गरेको जिल्ला स्तरिय मैत्रीपूर्ण भलिबल बोका कप प्रतियोगितामा आयोजक टिमले बोकाकप हात पारेको छ ।

युवाहरुको बिचमा भाईचारा र विश्वबन्धुत्वको भावना जगाउने उद्देश्यले आयोजना गरेको मैत्रीपूर्ण बोका कप प्रतियोगितामा ८ वटा टिमबिच प्रतिस्पर्धा भई आयोजक टिम प्रथम भएको डोटी जेसीजका जिल्ला अध्यक्ष गणेश खड्काले बताए ।

विभिन्न फरक फरक क्षेत्रका ब्यक्तिहरुको सहभागितामा आयोजना गरको खेलकुद प्रतियोगिताले भावनात्मक सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने समेत अध्यक्ष खड्काले बताए ।

मैत्रीपूर्ण बोका कप भलिबल प्रतियोगितामा आयोजकको तर्फबाट समुह ए र समुह बि, गैरसरकारी संस्था महासंघ, डोटी त्रिबी डोटी क्याम्पस प्राध्यापक , नेपाल पत्रकार महासंघ, डोटी उद्योग वाणीज्य संघ, निमार्ण व्यवसायी संघ र कर्मचारी मिलन केन्द्र गरि ८ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो ।

नक आउट विधी बाट खेलाईएको खेलमा सुरुमा जेसीज ए र जेसिज बी को बिच प्रतिस्पर्धा भएको थियो । जेसीज ए ले बिजयी हात पारेको थियो । त्यसपछी उद्योग वाणिज्य संघ र निमार्ण व्यवसायी बीच खेल भएको थियो जसमा निमार्ण व्यवसायीले जित हासिल गरेको थियो , त्यसपछी नेपाल पत्रकार महासंघ र निजामती कर्मचारी निजामतिको टिम बिच प्रतिस्पर्धाबाट पत्रकार महासंघले जित हात पारेका थिए । पहिलो चरणको अन्तिम खेल गैरसरकारी संस्था महासंघ र प्राध्यापकहरु बिच भएको थियो जसमा गैससले जित हात पारेका थिए ।

सेमिफाईनलको चरमा चार वटा टिम सहभागि भएका थिए । पहिलो खेल पत्रकार महासंघ र आयोजक जेसीज बिच हुने खेलमा पत्रकार महासंधले सहभागिता जनाएनन् । त्यसपछी जेसीज विजय सहर अधाडी भढेको थियो ।

अर्को खेल गैसस महासंघ र निमार्ण ब्यवसायी बिच प्रतिशपर्धा हुदाँ गैसस महासंघले जित हासली गर्दै निमार्ण व्यवसाय तेस्रो भएको हो । प्रथम र द्धितीयका लागि गैसस र जेसीस बिच प्रतिस्पर्धा भएको थियो जसमा आयोजकले गैससलाई पराजित गरेसंगै बोकाकम हात पार्न सफल भएको हो । प्रथमलाई बोका संगै द्धितीयलाई रु दुई हजार नगद पुरस्कार संगै प्रथम, द्धितृय तृतियलाई मेडल, प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

बुधबार देखि सुरु भएको मैत्रीपुर्ण भलिबल बोका कप प्रतियोगिताको उद्घाटन र समापन डोटी जिल्लाबाट निर्वाचित सुदुरपश्चीम प्रदेशका सभासद भरत बहादुर खड्काले गरेका थिए । प्रतियोगिताको समापन सत्रमा बोल्दै प्रदेश सभासद खड्काले खेलकुद प्रत्येक व्यक्ति, समाज र राष्ट्रको लागि आवश्यक रहेकोले यसको संरक्षण प्रवर्धनमा जोड दिनु पर्ने बताए ।

२ दिन सम्म जिल्ला सदरमुकाम सिलगढीमा चलेको खेलकुद प्रतियोेगिता मैत्री पूर्ण तवरले सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ । डोटी जेसीजले यो भन्दा पहीले जिल्लाका विभिन्न स्थानमा वृक्षारोपण, राहात संकलन लगाएतका सामाजिक कार्य गर्दै आईरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस