राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ मन्दिरको अवलोकन


१२ बैशाख २०७६, बिहिबार


सियान । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध मन्दिरको अवलोकन गरेकी छन् ।

मन्दिर परिसरमा आइपुग्दा उनलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गरे । साथै मन्दिरका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।

चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक मन्दिर हो । यो शहरबाट करीब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान मन्दिरले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।

यो मन्दिर ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस मन्दिरमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले मन्दिरको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे । मन्दिर अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस