विनाशकारी भूकम्पको चार वर्ष : कस्तो छ पुनर्निमाणको अवस्था ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विनाशकारी भूकम्पको चार वर्ष : कस्तो छ पुनर्निमाणको अवस्था ?


१२ बैशाख २०७६, बिहिबार


काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दू बनाएर गएको विनाशकारी भूकम्पको आज चार वर्ष पूरा भएको छ ।

०७२ बैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि बैशाख २९ गते दिउँसो १२ बजेर ५० मिनेट जाँदा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पमा ८ हजार भन्दा बढीले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए ।

भूकम्पले दर्जनौं ऐतिहासिक सम्पदाहरु क्षतिग्रस्त भएका थिए । भूकम्प प्रभावित २० जिल्लामा अर्बौंका संरचनाहरु ध्वस्त भएका थिए । लाखौं घर भत्किए ।

भूकम्पको ४ वर्ष बित्दा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणमा ८० प्रतिशत उपलब्धि हासिल भएको जनाएको छ ।

अनुदान सम्झौता गरेका ७ लाख ६२ हजार ३०७ घरपरिवार मध्ये ६ लाख १२ हजार ९३५ घर पुनर्निर्माणको प्रक्रियामा सहभागी रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै ५० प्रतिशत अर्थात ३ लाख ८२ हजार २७७ परिवारले घर बनाइसकेका छन् ।

२ लाख ३० हजार ५५८ (३० प्रतिशत) परिवार निजी आवास पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले जनाएको छ ।

यस्तै भूकम्पबाट ७ हजार ५५३ विद्यालय क्षति भएकोमा निर्माण सम्पन्न र निर्माणाधीन गरी ८३ प्रतिशत प्रगति भएको छ । स्वास्थ्य संस्थातर्फ ६६ प्रतिशत, पुरातात्विक महत्वको सम्पदातर्फ ५९ प्रतिशत, सुरक्षा निकायका भवनहरु ५६ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण कार्य सम्पन्न गर्न ४ खर्ब २९ अर्ब थप रकम आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस