ट्रेड युनियनद्वारा दुई लाख सहयोग « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ट्रेड युनियनद्वारा दुई लाख सहयोग


११ बैशाख २०७६, बुधबार


काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले बारामा आएको हुरी प्रभावितलाई दुई लाख रुपैयाँ प्रदान गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमका बिच युनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितमार्फत विपत् व्यवस्थापन सहायता कोष बारालाई रकम हस्तान्तरण गरेका हुन् ।

केही समय अघि आएको हावाहुरीबाट पुग्न गएको भौतिक तथा मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष ढकालले मानवीय सहायताका स्वरूप रकम हस्तान्तरण गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस