एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर


प्रशासन संवाददाता

१० बैशाख २०७६, मंगलबार


अख्तियार

काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत मनसाय राखी एउटा व्यक्तिको जग्गा अर्कैको नाममा पास गराएको अभियोगमा मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार मालपोत कार्यालय धरानका तत्कालीन मालपोत अधिकृत फणिन्द्र भट्टराई, तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र धरान– १४ का कर्णबहादुर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

फिल्डबुकमा खगेन्द्र कुमारीको जग्गा भनी उल्लेख भएको जिल्ला सुनसरी, धरान नगरपालिका– ११ ग को कित्ता नं ३५ र ३६ का जग्गा खगेन्द्रकुमारी गिरीको मृत्युपश्चात् गलत मनसायले खगेन्द्रकुमारी राई बनाई नामसारी गरी बिक्री गरेको पाइएको आयोगले जनाएको छ । सो कार्यमा मालपोतका तत्कालीन अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस