कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस नेता रामकृष्ण ताम्राकारको निधन


१० बैशाख २०७६, मंगलबार


बुटवल । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रामकृष्ण ताम्राकारको निधन भएको छ । रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।

ताम्राकारको स्वास्थ्य स्थिति गम्भीर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो । ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सर र निमोनियासंग लडिरहेका थिए ।

स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका ताम्राकार २०४८ र २०५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेता ताम्राकार नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्षसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस