आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त


१० बैशाख २०७६, मंगलबार


आगलागी

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । ध्रुव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो ।

कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । उनले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिए । आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको उनले बताए । घटनास्थलमा भएका नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यका अनुसार, राति करीब ९ बजेतिर शुरु भएको आगलागीबाट एक करोड बढीको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

पसल बन्द गरेर घरमा गएको बेला आगलागी भएको थियो । छिमेकीले खबर गरेपछि तुरुन्तै आएको दमकलले सटर फोडेर आगोलाई नियन्त्रणमा लिएको थियो । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा पसलमा लागेको आगो नियन्त्रणमा लिइएका कारण पछाडिपट्टि रहेको गोदाम सुरक्षित भए पनि पसल ध्वस्त भएकोे स्थानीयवासी छिमेकी दत्तप्रसाद आचार्यले बताए । आगो नियन्त्रणमा आइसकेपछि मात्र पसलका सञ्चालक दाहाल पुगेका थिए ।

नेपालगञ्जमा बितेको छ महीनायता मात्रै तीन पसलमा आगलागीका घटना भएको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैश्यले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस