अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन सहित दुई पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन सहित दुई पक्राउ


९ बैशाख २०७६, सोमबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको करिब १ हजार ६ सय ८३ ग्राम सुन सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा थाइल्याण्डबाट काठमाडौं आएका कम्बोडियन नागरिक राहादानी नम्बर एन००८३६२९८ बाहक ४५ वर्षीया THEAVY UY र भियतनाम नागरिक राहादानी नम्बर बि४१६७३५४ बाहक ६९ वर्षीया VOTHI NUOI रहेका छन् । कम्बोडियन नागरिकको साथबाट ९ सय ३५ ग्राम र भियतनाम नागरिकको साथबाट ७ सय ४८ ग्राम सुन प्रहरीले बरामद गरेको हो ।

दुवैजानलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस