दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलिया प्रमुख निर्वाचन आयुक्तमा नियुक्त भएका छन् ।

थपलियालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नेपालको संविधानको धारा २४५ को उपधारा २ बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी हुन् ।

संवैधानिक परिषदले प्रमुख आयुक्तमा सिफारिस गरेका थपलियाको नाम बुधबार संसदीय सुनुवाई समितिले अनुमोदन गरेको थियो ।

२०७५ चैत १० गते अयोधीप्रसाद यादवले अवकाश पाएपछि निर्वाचन आयोग नेतृत्वविहीन थियो । राष्ट्रपति भण्डारीले शुक्रबार नै राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझालाई नियुक्त गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस