सरकार र निजी क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्छ : मुख्यमन्त्री पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकार र निजी क्षेत्रबीच समन्वय गरेर अघि बढ्नुपर्छ : मुख्यमन्त्री पौडेल


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढे मात्र विकासका कामले तिव्रता पाउने धारणा व्यक्त गरेका छन् । नेपाल नेत्रज्योति संघ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्रिया कार्यक्रममा उनले विकासका काममा तीनै तहका सरकारबीच समन्वयको खाँचो छ भने ।

उनले भने, ‘हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै ढङ्गले काम गरिरहेका छन् ।’ सरकारबीचको समन्वयसँगै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनले बताए ।
अर्को एक प्रसङ्गमा उनले प्रदेशको राजधानी किमार्थ काठमाडौँं लैजान नसकिने बताए । विकेन्द्रीकृत शासन व्यवस्था हुनुपर्ने भन्दै उनले जहाँ विकास भएको छैन त्यहाँ बढी जोड दिनुपर्ने बताए ।

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्रा डा.तीर्थप्रसाद मिश्रले नेपालको अन्धोपन निवारण गर्न नेपाली सक्षम छन् भनेर देखाउन संघ सफल भएको दावी गरे। उनले संघलाई अनुदान होइन, काम दिन आग्रह गरे । उनले भने, ‘सरकारले अनुदान दिए हामी अल्छी हुन्छौं । काम र पारिश्रमिक दिन अनुरोध गर्छु ।’ संघको प्रदेश नं ३ का संयोजक चिजकुमार मास्केले आँखा उपचारको विस्तारका लागि प्रादेशिक रुपमा संघ लागिपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस