फलामको धातु चोरी गर्ने क्रममा एक पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फलामको धातु चोरी गर्ने क्रममा एक पक्राउ


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


काठमाडौं । काठमाडौं महानगरपालिका-१ कमलादीस्थित प्रज्ञा भवन परिसरमा रहेको करिब ३ सय किलो फलामको धातु चोरी गरिरहेको अबस्थामा काठमाडौं कमलादी बस्ने दाङ लमही नगरपालिका-८ का १९ वर्षीय अनिल चौधरीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उक्त धातु सहित अनिललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस