मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री यादवद्वारा नेपालमा लगानी गर्न आग्रह


प्रशासन संवाददाता

६ बैशाख २०७६, शुक्रबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

मन्त्री यादवले बहराइनका उद्योग तथा पर्यटनमन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम तथा सहयोगमन्त्री सोमिलदूथ भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भएको द्विपक्षीय भेटका क्रममा लगानी गर्न आग्रह गरेका बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालले लगानी प्रवर्द्धन गर्न गरेको नीतिगत एंव संस्थागत व्यवस्थाका बारेसमेत छलफल भएको राजदूतावासद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । भेटमा तीनै टोलीका मन्त्रीले सहकार्यमा जोड दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस