गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्रीबाट गृहसचिव र प्रहरी महानिरीक्षक पुरस्कृत


प्रशासन संवाददाता

५ बैशाख २०७६, बिहिबार


काठमाडौं । बेरुजु फछ्र्यौटमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयमा सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई पुरस्कृत गरिएको छ ।

गृहमन्त्रालयमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री रामबहादुर थापा‘बादल’ले उनीहरुलाई नगद तथा प्रशंशापत्र प्रदान गरेका हुन् ।

बेरुजु फछ्र्यौटमा उत्कृष्ट भएकोमा गृह मन्त्रालयमा सचिव राई, नेपाल प्रहरी महानिरीक्षक खनाललाई रु ८ हजार नगद एवम् प्रशंसापत्र तथा गृहमन्त्रालयमा उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृतहरु फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद रु ६ हजार तथा प्रशंसापत्र प्रदान गरीएको छ ।

कार्यक्रममा गृहमन्त्री थापाले पुरस्कृत व्यक्तित्वहरुलाई बधाईदिनुहुँदै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । आजको कार्यक्रमले अन्य मन्त्रालयलाई पनि प्रेरणा प्रदान गर्ने उनको भनाई छ ।

सरकारले विकास र समृद्धिको लक्ष्य लिएको र त्यसका लागि सुशासन अनिवार्य रहेकोमा गृहमन्त्रीले जोड दिए । गृहन्त्रालय र सो अन्तर्गतका निकायहरुको आ.व.२०७३/७४सम्मको आ.व. २०७४/७५मा फछ्र्यौट गरीसक्नुपर्ने सो अवधीमा ६३.०३ प्रतिशत अर्थात रकम रु ४ अर्ब ३० करोड ९७ लाख रहेकोमा रु दुई अर्ब ७१ करोड ६२ लाख बेरुजु फछ्योट भएको छ ।

यस्तै नेपाल प्रहरीको आ.व.२०७३/७४सम्मको बेरुजु रु ६८ करोड ४१ लाख मध्ये ८५.१४ प्रतिशत अर्थात ५८ करोड २५ लाख बेरुजु फछ्र्यौट भएको छ ।

बेरुजु फछ्र्यौट मुल्यांकन तथा अनुगमन समितिले बेरुजु फछ्र्योटमा संलग्न उक्त अवधीमा कार्यरत प्रशाशकिय प्रमुख र कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंशापत्र प्रदान गर्न सकिने पत्र अनुसार उनीहरुलाई गृहमन्त्रालयले पुरस्कृत गरेको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस