शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज


५ बैशाख २०७६, बिहिबार


गलकोट । बागलुङ जिल्ला सदरमुकामस्थित शिवधारा चोकमा राखिएको शङ्कास्पद वस्तु नेपाली सेनाले आज बिहान डिस्पोज गरेको छ ।

शिवधाराचोकस्थित होटल शीतलको पेटीमा एक मिटर लामो जीआइ पाइपमा खतरा लेखेर दुई तार जडान गरी राखिएको थियो ।

उक्त शङ्कास्पद वस्तु बागलुङस्थित २३ नं बाहिनी अड्डाको डिस्पोजल टोलीले उठाएर खुला स्थानमा लगी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस