महानगरको प्रशासनिक भवनको शिलान्यास « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महानगरको प्रशासनिक भवनको शिलान्यास


५ बैशाख २०७६, बिहिबार


भरतपुर । भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको बुधबार शिलान्यास गरिएको छ । महानगरपालिका प्रमुख रेनु दाहालले दुई तला निर्माण गरिने भवनको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा प्रमुख दाहालले बढ्दो सेवाग्राहीको चाप र कर्मचारीको कार्यव्यवस्थापनलाई प्रभावकारी बनाउन भवन निर्माण गर्न लागिएको बताए ।

महानगरपालिकाका विभिन्न महाशाखा बाहिर रहेको भन्दै उनले ती महाशाखालाई एकै ठाउँमा ल्याई व्यवस्थित र प्रभावकारी सेवा प्रवाह गर्नका लागि भवन बनाउन लागिएको जानकारी दिए । भवन तीन महीनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको भन्दै उनले निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई समयमै गुणस्तरीय भवन निर्माण गर्न आग्रह गरे ।

महानगरपालिकाका इञ्जिनीयर सूर्यप्रकाश लामाका अनुसार रु एक करोड ४६ लाख लागतमा भवन निर्माण गर्न लागिएको हो । स्टिल स्ट्रक्चरमा स्याण्डवीच प्यानलको प्रयोग गरी दुई तलामा १६ कोठे भवन प्रशासनिक ब्लकका रूपमा निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस