चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चार महिनादेखि तलब नपाएको भन्दै तालाबन्दी


५ बैशाख २०७६, बिहिबार


काठमाडौं । तलब नपाएको भन्दै आयुर्वेद अनुसन्धान तथा तालिमकेन्द्रका कर्मचारीले केन्द्रमा तालाबन्दी गरेका छन् ।

तलब नपाएपछि समस्या परेको भन्दै कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कर्मचारीले तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरुले चार महिनादेखि तलब नपाउँदा बिहान बेलुकी छाक टार्न र छोराछोरीको विद्यालयको शुल्क तिर्न समेत नसकेको बताएका छन् ।

संघर्षरत कर्मचारीले करार सम्झौता अनुसार पाउने तलबभत्ता नपाउँदा रोजीरोटीमा समेत समस्या भएको हो ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. सिद्धार्थ ठाकुरले तलब खुवाउन नसकिएको भन्दै अब केही दिनभित्रै तलब खुवाइने बताएका छन् ।

ठाकुरले कर्मचारीले तलब नपाएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल भइसकेको बताए ।

प्रतिक्रिया दिनुहोस