दरबन्दी टुङ्गो लगाउँदै ललितपुर महानगरपालिका « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दरबन्दी टुङ्गो लगाउँदै ललितपुर महानगरपालिका


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


काठमाडौं । ललितपुर महानगरपालिकाले यहाँ आवश्यक दरबन्दी टुङ्गो लगाउने भएको छ । पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाबाट महानगरपालिमा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन् ।

संघीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए । महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन् । महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ । उनले भने, ‘महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ ।’

उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन । संघीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुङ्गो लाउने महानगरले बताउँदै आएको छ ।

अहिले वडाअनुसार फरकफरक जनशक्ति खाँचो पर्ने प्रवक्ता महर्जनले बताए । समायोजनबाट आएका कर्मचारी र महानगरलाई आवश्यक कर्मचारी पनि फरक रहेको छ । उनले भने, ‘यहाँ हामीलाई प्राविधिक जनशक्ति आवश्यक भए पनि यहाँ प्रशासनतर्फका कर्मचारी बढी आएका छन् ।

महानगरपालिकामा भवनको अभाव रहेको छ । विषयगत कार्यालयका कर्मचारी समायोजनमार्फत आए पनि कर्मचारी नआउँदा भवनको अभाव रहेको महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस