संसदीय सुनुवाइमा प्रमुख निर्वाचन आयुक्त थपलियाका पाँच प्राथमिकता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

संसदीय सुनुवाइमा प्रमुख निर्वाचन आयुक्त थपलियाका पाँच प्राथमिकता


प्रशासन संवाददाता

४ बैशाख २०७६, बुधबार


काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले पाँच वटा कुरालाई प्राथमिकता दिने बताएका छन् ।

सिंहदरबारमा बुधवार भएको संसदीय सुनुवाइका क्रममा थपलियाले निर्माण प्रणालीमा आमूल सुधार ल्याउनेदेखि सूचना प्रविधि, कानुनी व्यवस्था र निर्वाचन पूर्वाधारको विकास, मितव्ययीता तथा एकीकृत सुरक्षा व्यवस्था कायम गर्ने बताएका हुन् ।

आफूसँग ३५ वर्षको सरकारी सेवा अवधिको अनुभव रहेको बताउँदै थपलियाले २५ वर्ष स्थानीय तह तथा त्यससँग सम्बन्धित निकायमा नै काम गरेकोले निर्वाचनलाई व्यवस्थित बनाउने जिकिर गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसका सांसदहरूको राजनीति निकटता भएको व्यक्तिले कसरी निर्वाचन आयोगको संवेदनशील काम गर्न सक्छ भन्ने प्रश्नमा आफूले विद्यार्थी राजनीति नगरेको तथा कुनै दलको सदस्यता नलिएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस