भारतमा गुगल र एप्पलको एप स्टोरबाट ‘टिक टक’ हटाइयो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भारतमा गुगल र एप्पलको एप स्टोरबाट ‘टिक टक’ हटाइयो


४ बैशाख २०७६, बुधबार


काठमाडौं । भारतमा गुगल र एप्पलको एप स्टोरबाट ‘टिक टक’ लाई हटाइएको छ।

सरकारको आग्रहपछि दुवै कम्पनीले आफ्नो डाउनडोल स्टोरबाट ‘टिक टक’ हटाएको हो ।

सोमबार ‘टिक टक’ विरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको थियो। सर्वोच्चले २२ अप्रिलमा यसको सुनुवाई गर्ने मिति समेत तोकेको थियो।

मद्रास हाइकोर्टमा यसै विवादसम्बन्धी मुद्दा सुनुवाई भइरहेको भन्दै सर्वोच्चले आफ्नो पेशी सारेको थियो। सर्वोच्चले हाइकोर्टको आदेशपछि मात्र यो विषयमा सुनुवाई गर्नेछ। सर्वोच्चमा मद्रास हाइकोर्टको फैसला रोक्न माग गरेकोमा त्यसलाई भने अस्वीकार गरेको छ।

मद्रास हाइकोर्टलेले केन्द्र सरकारसँग चीनमा निर्माण भएको एक भिडियो एपमा प्रतिबन्ध लगाउन भनेको थियो। यसले युवाहरुको भविष्य र बच्चाहरुको दिमागमा असर पारिरहेको छ।

प्रतिक्रिया दिनुहोस