नौ महीनामा २५ लाख राजश्व सङ्कलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नौ महीनामा २५ लाख राजश्व सङ्कलन


प्रशासन संवाददाता

३ बैशाख २०७६, मंगलबार


दार्चुला। छोटी भन्सार कार्यालयले चालू आर्थिक वर्षको ९ महीनाको अवधिमा रु २५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । नेपाल भारत जोड्ने दार्चुला सदरमुकाम खलङ्गाको सीमा क्षेत्रमा अवस्थित उक्त कार्यालयले गत साउनदेखि चैतसम्म रु २५ लाख तीन हजार राजश्व सङ्कलन गरेको हो ।

उक्त कार्यालयमा निर्यातभन्दा पनि आयातका सामानबाटै राजश्व सङ्कलन गरिएको निमित्त कार्यालय प्रमुख नरसिंह बडालले जानकारी दिए ।

सबै सामानमा कडाइका साथ भन्सार रकम सङ्कलन गरिएकाले व्यापारीले विरोध गरे पनि आशा गरिएबकोजिम राजश्व सङ्कलन भएको यसैगरी चालू आवमा खरी निर्यात गरेर करीब रु ७ लाख राजश्व सङ्कलन भएको निमित्त प्रमुख बडालले जानकारी दिए।

दुहुँ गाउँपालिका–५ हिकिला बक्थौलामा उत्खनन भइरहेको खरी भारत निकासीबापत रु ६ लाख ८४ हजार राजश्व सङ्कलन भएको र चालू आवको हालसम्म ३८ मेट्रिकटनका दरले १२ पटकमा ४५६ मेट्रिकटन खरी भारत निर्यात भएको थियो ।

खरी निर्यातबापत् प्रतिकेजी एक रुपैयाँ ५० पैसाका दरले राजश्व सङ्कलन हुने गरेको छ । चालू आवमा २ हजार ५०० मेट्रिकटन खरी उत्खनन गरेर भारत निर्यात गर्ने लक्ष्य भए पनि यातायातको अभाव र हिउँदका महीनामा राम्रो बाटो नभएर लक्ष्यभन्दा कम खरी निर्यात हुने देखिएको बताइएको छ ।

यो वर्ष खानी तथा भूगर्भ विभागबाट २ हजार ५०० मेट्रिकटन खरी निकासीको अनुमति लिएर जियो मिनरल रिजर्भ प्रालिले खरी उत्खनन गरिरहेको छ । जिल्लामा सीतापुल, तिगरम, खलङ्गा, दत्तु, जौलजीवी र लाली भारतसँग सीमा जोडिएका नाका हुन् तर खलङ्गाबाहेक अन्य सीमा पुलमा भन्सार स्थापना हुन सकेको छैन ।

खलङ्गापछि बढी सामान आयात निर्यात हुने अन्य नाकाबाट हरेक महीना लाखौँ रुपैयाँको सामान अवैधरुपमा नेपाल भित्रिने गरेको छ । चीनको ताक्लाकोटबाट पनि हरेक वर्ष करोडौँको सामान राजश्व नतिरी भारत तथा नेपाल भित्रिने गरेको यहाँका बासिन्दा बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस