मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव


३ बैशाख २०७६, मंगलबार


बैतडी । बैतडीको मेलौलीमा आजदेखि प्रथम मेलौली कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । यसअघि सोमबारदेखि हुने भनिएको महोत्सव एक दिनका लागि स्थगन भएको थियो । महोत्सवको सम्पूर्ण तयारी नपुगेकाले महोत्सव एक दिनपछि सञ्चालन हुनलागेकोे मेलौली सूचना तथा सञ्चार समूहका कोषाध्यक्ष लक्ष्मण विकले जानकारी दिए ।

‘सुन्दर सुदूरपश्चिमको सौन्दर्य हाम्रो सान, कृषि पर्यटन र संस्कृतिको विकास गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेलौली सूचना तथा सञ्चार समूह र मेलौली नगरपालिकाको आयोजनामा महोत्सव सञ्चालन हुनलागेको हो ।

स्थानीय भाषा, कला, संस्कृतिको जर्गेना गर्न र कृषि पर्यटन क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको जनाएको छ । शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाको समन्वयमा सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ । महोत्सवमा बाल उद्यान, कृषि प्रदर्शनी, मौतका कुवा, जादुघर र सुदूरपश्चिमको मौलिक संस्कृति झल्काउने विभिन्न प्रस्तुति प्रस्तुत गरिनेछ । मेलौली भगवती मन्दिरको प्राङ्गणमा महोत्सव सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस