उपराष्ट्रपतिले गरे रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपराष्ट्रपतिले गरे रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण


२ बैशाख २०७६, सोमबार


रसुवा । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको आज यहाँ स्थलगत निरीक्षण गरेका छन् । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगतिबारेमा उपराष्ट्रपति पुनले चासो व्यक्त गर्दै आयोजनाको कामप्रति सन्तोष व्यक्त गरे ।

उनले तोकिएको समयमा नै आयोजनाको काम सम्पन्न गर्न आयोजनाका प्रमुख तथा पदाधिकारीलाई आग्रह गरे । गोसाइँकुण्ड गाउँपालिका–१ र २ मा बनाउँदै गरिएको कूल १११ मेगावाटको सो आयोजनाको हाल ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको अवस्था र प्रगतिका बारेमा उपराष्ट्रपति पुनलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र रसुवागढी आयोजनाका निमित्त कार्यकारी प्रमुख छवि गैरेले जानकारी गराएका थिए । उपराष्ट्रपतिका साथ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला अध्यक्ष कर्णेल तामाङलगायत स्थानीय नेता तथा कार्यकर्ता सहभागी थिए । यस्तै उपराष्ट्रपतिले आजै गोसाइँकुण्ड, ऐतिहासिक रसुवागढी र निर्माणाधीन एकीकृत भन्सार कार्यालयको पनि स्थलगत निरीक्षण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस