विद्यार्थी भर्ना अभियान शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विद्यार्थी भर्ना अभियान शुरु


२ बैशाख २०७६, सोमबार


काठमाडौं । आजदेखि विद्यार्थी भर्ना अभियान शुरु भएको छ ।

‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पुर्‍याउँ’ भन्ने नाराका साथ आजदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सुरु भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार बैशाख २ देखि बैशाख १४ गतेसम्म चल्ने अभियानमा संस्थागत र सामुदायिक दुबै तर्फ करीब १० लाख विद्यार्थी विद्यालयमा भर्ना हुने छन् ।

विद्यालय जान सक्ने उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यका साथ हरेक वर्ष सरकारले भर्ना अभियान सञ्चालन गर्दै आएको छ ।

अभिभावकमा चेतनाको कमीका कारण पनि विद्यालय जाने उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेका छन ।

Tags :
प्रतिक्रिया दिनुहोस