प्रधानमन्त्री ओलीद्धारा सिरुवा पर्वको शुभकामना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रधानमन्त्री ओलीद्धारा सिरुवा पर्वको शुभकामना


२ बैशाख २०७६, सोमबार


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वका अवसरमा शुभकामना दिएका छन् ।

पूर्वी नेपालमा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन्।

शुभकामनामा प्रधानमन्त्री ओलीले भने, “नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देश हो, मुलुकमा बसोबास गर्ने विविध जातिले मनाउने विविध प्रकारका चाडपर्वले आपसमा सद्भावको सन्देश प्रवाह गरेको छ, अहिले मानिस एक समुदायको चाड पर्वमा अर्को समुदाय पनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्”,

उनले सन्देशमा नेपालीलाई विविधताभित्र एकतामा बाँध्ने एउटा महत्वपूर्ण सूत्र चाडपर्व भएकाले हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढङ्गले मनाउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस