कुटपिटबाट ७५ वर्षीय वृद्धको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कुटपिटबाट ७५ वर्षीय वृद्धको मृत्यु


२ बैशाख २०७६, सोमबार


सुनसरी । भोक्राह–नरसिंह गाउँपालिका–३ सर्बैया टोलमा कुटपिटबाट एक वृद्धको मृत्यु भएको छ।

आइतबार राति साढे ११ बजे भोक्राह–नरसिंह गाउँपालिका–७का २९ वर्षीय शंकर मण्डल र २५ वर्षीय बुदु मण्डलले सोही ठाउँ बस्ने ७५ वर्षीय जागेश्वर मण्डललाई कुटपिट गर्दा उनको मृत्यु भएको हो ।

पुरानो रिसइबीको कारण वृद्धलाई कुटपिट गरेको बताइएको छ ।

कुटपिटबाट मण्डलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनामा संलग्न दुवै जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस