गोली हानेर आत्महत्या « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

गोली हानेर आत्महत्या


२ बैशाख २०७६, सोमबार


सोलुखुम्बु । सोलुखुम्बुमा एक युवकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँमा आइतबार भरुवा बन्दुकले आफ्नै पेटमा हानी २० वर्षीय सुमन राईले आत्महत्या गरेका हुन् ।

सुमनले अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा भरुवा बन्दुकले आफ्नै पेटको नाइटो मुनि गोली हानेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

गोली लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गएराति साढे १ बजे बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको शव परीक्षणको लागि अस्पतालमा छ। भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा छ।

प्रतिक्रिया दिनुहोस