लोकगायक प्रचण्डबहादुर बुढाथोकीको निधन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लोकगायक प्रचण्डबहादुर बुढाथोकीको निधन


२ बैशाख २०७६, सोमबार


परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ ।

केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उनकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने बताइएको छ । दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने र त्रिवेणीघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

बुढाथोकीका दुई श्रीमती, ६ छोरी र चार छोरा हुनुहुन्छ ।

नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पिता हुन्। नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ । उनका एक दर्जन बढी गीत तथा कविता प्रकाशित छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस