तीन वडामा छाउमुक्त धारा निर्माण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तीन वडामा छाउमुक्त धारा निर्माण


१ बैशाख २०७६, आइतबार


अपी हिमाल गाउँपालिका– ३ र ४ निर्माण गरिएका छाउमुक्त धारा । गाउँपालिकाले गाउँपालिकाभर छाउमुक्त अभियानअन्तर्गत सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । छाउपडी र छुवाछुत अन्त्यको लागि छाउमुक्त धारा बनाइएको हो । चालू आर्थिक वर्षमा गाउँपालिकाले तीन लाख रुपैयाँका दरले तीन वडामा छाउमुक्त धारा निर्माण गरिएको छ ।

विगतमा महिनावारी हुँदा छुट्टै धारामा नुहाउनुपर्ने, दलित गैर–दलितले छुट्टै धाराको पानी भर्नुपर्ने परम्पराको अन्त्यका लागि छाउमुक्त धारा निर्माण शुरु गरिएको हो । आगामी आर्थिक वर्षमा सबै वडा र वस्तीसम्म छाउमुक्त धारा निर्माण गरिने गाउँपालिकाले जनाएको छ । तस्वीर : नरेन्द्रसिंह कार्की, रासस, दार्चुला

प्रतिक्रिया दिनुहोस