लुक्लामा विमान दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

लुक्लामा विमान दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो


१ बैशाख २०७६, आइतबार


सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यस अघि दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको थियो ।

घाइते असई रुद्रबहादुर श्रेष्ठको उपचारका लागि काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । श्रेष्ठको मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो ।

दुर्घटनामा घमइते समिट एयरका क्याप्टेन आरबी रोकाया र मनाङ एयरको क्याप्टेन लाई उपचारका लागि काठमाडौं ल्याइएको छ । क्याप्टेन रोकायाको अवस्था गम्भीर छ ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर लामा र ४ यात्रुको अवस्था सकुशल रहेको जनाइएको छ ।

आइतबार बिहान पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस