आजदेखि नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजदेखि नयाँ वर्ष २०७६ सुरु, शुभकामना आदान प्रदान गरी मनाइँदै


१ बैशाख २०७६, आइतबार


काठमाडौं । आजदेखि नयाँ वर्ष २०७६ सुरु भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते आज देश विदेशमा रहेका समपूर्ण नेपालीहरुले शुभकामना आदानप्रदान गरी मनाउादौ छन् ।

आजदेखि सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्छ ।

वैशाख संक्रान्तिका दिन मनाइने नयाँ वर्षमा स्नान, दान, गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र विभिन्न राजनीतिक दलका नेताहरुले देश–विदेशमा रहने नेपालीहरुमा शुभकाना व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले आजै देशबासीका नाममा सम्बोधन गर्ने छन् ।

नयाँ वर्षको दिन पशुपतिनाथलगायत मन्दिरहरुमा मा दर्शनार्थीको घुइँचो लाग्छ ।

पशुपतिनाथमा दर्शन एवम् पूजा आजा गर्नेहरुका लागि विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नयाँ वर्षको अवसरमा बूढानीलकण्ठ, वागमती नदीको उदगमस्थल वाग्द्वार, सपनतीर्थ र कीर्तिपुरस्थित चम्पादेवीमा मेला लागेको छ ।

नयाँ वर्षकै अवसरमा भक्तपुरमा एक साता लामो बिस्केट जात्रा वैशाख १ गते नै उत्कर्षमा पुग्छ ।

आजकै दिन विशेष उल्लासका साथ सुदूरपश्चिममा बिसु पर्व मानाइन्छ ।

प्रतिक्रिया दिनुहोस