व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ : मन्त्री पोखरेल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ : मन्त्री पोखरेल


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताएका छन् । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उनले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको बताए ।

‘व्यावहारिक शिक्षा बनाउन हामीले आधारस्तम्भ बनाइसकेका छौँ’, उनले भने, ‘अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा लागू गर्ने तयारीमा रहेका छौँ ।’ मन्त्री पोखरेलले नेपालको शिक्षा प्रणाली व्यावहारिक नभएकाले परिवर्तन गर्न आवश्यक रहेको बताए ।

व्यावहारिक शिक्षा नभएकाले अहिलेको जनशक्ति बेरोजगार हुनुपरेको उनको भनाइ थियो । उनले सरकारले परिमाण देखिने गरी विकासका आयोजना गर्न थालेको समेत जानकारी गराए । ‘जनताले अब विकासका परिमाण कुर्न धेरै समय पर्खनु पर्दैन’, उनले भने, ‘चाँडै नै सरकारले देखिने गरी विकास निर्माणका काम गर्दछ ।’

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र अधिकारीले विद्यालयले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए । कार्यक्रममा मन्त्री पोखरेलले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस