को-पाइलट सन्तोषको ‘सिर्जना र सम्झना’ सार्वजनिक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

को-पाइलट सन्तोषको ‘सिर्जना र सम्झना’ सार्वजनिक


प्रशासन संवाददाता

२९ चैत्र २०७५, शुक्रबार


काठमाडौं । हवाई दुर्घटनामा निधन भएका को पाइलट सन्तोष रानाले रचना गरेको गीतको एल्बम ‘सिर्जना र सम्झना’ सार्वजनिक गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले बिहीबार उक्त गीतिएल्वम सार्वजनिक गर्दै रानाले आफ्नो जीवनको छोटो अवधिमा समाज र राष्ट्रलाई पुर्‍याएको योगदान भुल्न नसकिने बताए।

सन्तोषका बुवा तथा नेकपाका नेता दलबहादुर रानाले सानो छँदा नै छोराले लेखेका रचनालाई सङ्कलन गरेर गीति एल्बमका रुपमा सबैका हातमा पु¥याउन पाउँदा खुशी लागेको बताए ।

उक्त एल्बममा सन्तोषले ‘तिमी हाँसेको देख्दा’, ‘धिपधिप बत्तीसँगै’ र ‘तिम्रो उचाइ आकाश’ लगायत तीन गीत रचना गरेका छन् ।

छ गीत रहेको उक्त एल्बमका अन्य तीन गीतमा भावेश भुमरीका रचना छन् । उक्त एल्बमका छ गीतमा थुप्देन भुटिया, महेश सेवा, स्वरुपराज आचार्य, कृष्णभक्त राई, कर्मग्याल्छेन बम्जन, बालिका प्रधान र निखिता थापाले स्वर दिएकी छन् ।

एल्बममा रहेका तीन गीतको भिडियो समेत बनाइएको छ । विसं २०७३ मा को–पाइलट सन्तोषको हवाई दुर्घटनामा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस