सैनिक प्रवक्ताको जिम्मेवारी पाण्डेलाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सैनिक प्रवक्ताको जिम्मेवारी पाण्डेलाई


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७५, बिहिबार


काठमाडौँ । जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी विज्ञानदेव पाण्डेले सम्हालेका छन्।

जनसम्पर्क तथा सूचना निर्देशनालयमा आयोजित एक कार्यक्रमका बिच बिहीबार सहायक रथी यामप्रसाद ढकालले सहायक रथी पाण्डेलाई कार्यभार हस्तान्तरण गरेका हुन्।

जनसम्पर्क तथा सूचना निर्देशक तथा सैनिक प्रवक्ताको जिम्मेवारी निर्वाह गर्ने सिलसिलामा आमसञ्चार जगतका सवै मिडिया हाउस, प्रकाशक, सम्पादक तथा विशेषगरी रक्षासँग सम्बद्ध पत्रकारहरुबाट प्राप्त सद्भाव, शुभेच्छा र सहयोगका लागि निवर्तमान प्रवक्ता सहायक रथी ढकालले आभार प्रकट गरे।

सहायक रथी पाण्डेको कार्यकालमा नेपाली सेना र आमसञ्चार जगतबीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसञ्चार जगतको सहयोग यथावत रहिरहने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया दिनुहोस