लागु औषधसहित तीन जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लागु औषधसहित तीन जना पक्राउ


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


घुससहित रंगेहात पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको चन्द्रागिरिबाट ठूलो परिमाणको लागु औषधसहित तीन जनालाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका–७ का २५ वर्षीय प्रमोदकुमार साह, सप्तरीको बेल्ही चपेना गाउँपालिका– ९ का ४३ वर्षीया गीता देवी र सुनसरीको बर्जुताल गाउँपालिका– ६ का ३० वर्षीया रन्भादेवी दास छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका अनुसार तीनै जनालाई चन्द्रागिरि नगरपालिका–२ बाट लागुऔषध नोर्फिन ५६७ एम्पुल, फेनारगन ६१५ एम्पुल, डाईजेल्याव ११८ एम्पुल, डाईजेपाम ४९१ एम्पुल र लुप्रिजेसिक ४९ एम्पुलसहित पक्राउ गरिएको हो ।

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ५७८४ नंको बसमा जाँच गर्ने क्रममा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस