रु एक करोड ८० लाख राजश्व सङ्कलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रु एक करोड ८० लाख राजश्व सङ्कलन


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले चालू आर्थिक वर्षको सात महीनामा रु एक करोड ७९ लाख ९३ हजार राजश्व सङ्कलन गरेको छ । प्रशासन कार्यालय नुवाकोटले विभिन्न शीर्षकमा राजश्व सङ्कलन गर्दै आइरहेको छ ।

चालू आव २०७५/०७६ को माघसम्म राहदानी शुल्क दस्तुर मात्र रु १ करोड ६७ लाख ८५ हजार राजश्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले बताए ।

उनका अनुसार चालू आवमा राहदानीबाहेक न्यायिक दण्ड जरिवाना र जफत दस्तुरमा रु दुई लाख ७००, हातहतियारको कागजपत्र दस्तुरमा रु १ हजार ८००, प्रशासनिक दण्ड जरिवाना र जफत दस्तुरमा रु आठ लाख १९ हजार, एजेन्सी रजिष्ट्रेशन दस्तुरमा रु १ लाख ८६ हजार ४०० सङ्कलन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस