गुनासो दर्ता गर्ने समय थप, स्वास्थ्यका कर्मचारीले ५ गतेसम्म निवेदन दिन सक्ने(सूचनासहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गुनासो दर्ता गर्ने समय थप, स्वास्थ्यका कर्मचारीले ५ गतेसम्म निवेदन दिन सक्ने(सूचनासहित)


प्रशासन विशेष ब्युरो

२८ चैत्र २०७५, बिहिबार


समायोजन

काठमाडौँ । स्वास्थ्यका कर्मचारीको समायोजनबारे लिखित गुनासो ५ गतेसम्म दर्ता गराउन सकिने भएको छ ।

यस अघि समायोजन सूची सार्वजनिक गरेको मितिले ५ दिन भनिएकोमा बिचमा दुई दिन बिदा परेपछि ५ गतेसम्मको समय सीमा तोकिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार : गुनासो टिपाउने अन्तिम मिति वैशाख ३ गते सम्म, इमेल र भाइवरबाट पनि पठाउन सकिने

मन्त्रालयले गुनासो सुन्नका लागि स्वास्थ्य मन्त्रालय तीन जना र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तीन जना गरी ६ जनालाई सम्पर्क गर्न समेत भनेको छ ।

साथै दुवै मन्त्रालयमा गुनासो टिपाउन सकिने व्यवस्था गरिएको छ । जसका लागि मन्त्रालयले इमेल तथा फ्याक्स नम्बरहरू उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस