नुवाकोटमा रुखले च्यापिएर एकको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नुवाकोटमा रुखले च्यापिएर एकको मृत्यु


प्रशासन संवाददाता

२८ चैत्र २०७५, बिहिबार


विदुर । नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा आज जेसिबीले बाटो खनेको हेर्ने क्रममा ढलेको रूखले च्यापिएर एकको मृत्यु भएको छ ।

शिवपुरी–१ का ३७ वर्षीय सानुकान्छा तामाङलाई रूखले च्यापी गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको र शवलाई टिचिङ अस्पतालमा राखिएको नुवाकोट प्रहरीले जनाएको छ ।

यसैगरी विदुर नगरपालिका–४ स्थित लोकतान्त्रिक चोकमा आज ढुङ्गेबाट बटारतर्फ जाँदै गरेको बा१ज ९३४४ नंको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको बा८६प ९२१४ नंको मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार विदुर–९ बस्ने २१ वर्षीय राजकुमार ढकालको अवस्था गम्भीर र सोही ठाउँका २९ वर्षीय सन्तोष तामाङको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते ढकालको खुट्टा, टाउको र तिध्रामा चोट लागेको तथा उपचारका लागि दुवै जना घाइतेहरुलाई डाइनेस्टिक एयरको हेलीकोप्टरद्वारा ग्राण्डी अस्पताल पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस