सांसद लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सांसद लिङ्देनलाई ज्यान मार्न धम्की दिने दुई पक्राउ


२८ चैत्र २०७५, बिहिबार


पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले सांसद लिङ्गदेनलाई फोन सम्पर्क गरेर ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई काठमाडौंको बालाजु र टोखाबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हुम्लाका १९ वर्षीय प्रदीप रोकाया र झापाका २९ वर्षीय तिलकदास पराजुली छन् ।

उनीहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस